प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैतदेखि सुरु हुने भएके छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुनेछ । प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला, पर्सा र जनकपुरमा आयोजना हुने क्यानले जनाएको छ । प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ ।
जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् ।


