Banijya News

नेपाली सेनालाई मेगा बैंकको वित्तीय साक्षरता तालिम प्रदान

1
1.1K Shares

०८ माघ, २०७६, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता तालिम कार्यक्रम गरेको छ ।
सुर्खेत स्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा देश विकासमा बैंकको भुमिका निर्बाह गर्दै बैंकले एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रमका दौरान मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।
मेगा बैंक अफ दि इयर २०१९ ले सम्मानित भएको थियो ।
मेगा बैंकले आफ्नो सामाजीक उत्तरदायीत्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएको छ् ।

1

Scroll to Top