०९ माघ, २०७६, काठमाडौं ।
हिमालयन बैंक लिमिटेड र म्याक्स मनि एसडीएनबीएचडी बिच सम्झौता भएको छ । मलेसियन कम्पनी म्याक्स मनि एसडीएनबीएचडी र हिमालयन बैंक बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम मिलान गर्ने र मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
एसडीएनबीएचडी कम्पनीले मलेसियन विप्रेषणको कारोबार गर्दै आएको छ ।
सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अविद हमिदले क्वालालम्पुर मलेसियामा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा म्याक्स मनीले विगतमा भुक्तानी गर्नुपर्ने रकममध्ये ३६ करोड रूपैयाँ भुक्तानी गरिसकेको र बाँकी रहेको १६ करोड रूपैयाँ पनि आगामी साउन मसान्तसम्म भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको गरेको छ ।


