Banijya News

गैरकानुनी सञ्चालनको आरोपमा मारिया अस्पताल बन्द

1
1.0K Shares

गैरकानुनी रुपमा सञ्चालन गरिएको आरोपमा मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा काठमाडौंको बालुवाटारमा रहेको मारिया अस्पताल गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्दै सिलबन्दी गरी हाललाई बन्द गरिएको बताइएको छ ।

मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार, विना अनुमति सञ्चालनमा रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा पत्राचार गरिएको हो ।

काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ ।

संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लंघन गर्ने नेपाली चिकित्सकलाई पनि लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको बताइएको छ ।

1

Scroll to Top