Banijya News

गायिका आस्था राउत प्रहरी परिसर टेकुमा

1
1.1K Shares

१३ माघ, २०७६, काठमाडौं ।
गायिका आस्था राउत महानगरिय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छिन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठ माथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी आफ्ना नातेदारसहित प्रहरी कार्यालयमा उपस्थित भएकी हुन् ।
परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था हुनसक्ने प्रावधान रहेको छ ।

उनी नातेदारसहित आज बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा लाइभ गर्दै प्रहरीलाई गाली गलौज गरेको भन्दै गायिका राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।

1

Scroll to Top