Banijya News

डेव्यु खेलमा कुशलले तोडे रोहितकै विश्व किर्तिमान

1
1.1K Shares

२५ माघ, काठमाडौं ।
नेपालमा यतिबेला आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज चलिरहेको छ। उक्त सिरिजमा नेपाल, ओमान र अमेरिका खेलिरहेका छन्। नेपाली क्रिकेट टोलीबाट पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका १६ बर्षिय कुशल मल्लले विश्वकिर्तिमान राखेका छन्। उनले सबैभन्दा कान्छो उमेरमा अन्तराष्ट्रिय अर्धशतक बनाएर किर्तिमान राखेका हुन्।
डेव्यु खेलमा नै उनले सर्वा्धिक सानो उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन्। अमेरिका विरुद्धको खेलमा उनले यो किर्तिमान कायम गरेका हुन्।
अघिल्लो वर्ष रोहितले यूएईविरुद्ध श्रृंखलामा नेपालका लागि अर्धसतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। रोहित पौडेलले १६ बर्ष १ सय ४६ दिनमा अर्ध शतक बनाएका थिए।

1

Scroll to Top