२६ माघ, काठमाडौं ।
आईतबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैंयाले बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू.७६ हजारमा कारोबार भइरहेकोे छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला रू.७५ हजार ७००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७५ हजार ६०० कायम रहेको थियो ।
यसैगरी आइतवार चाँदीको मूल्य घटेको छ । शुक्रबार ८ सय ८५ मा कारोबार भइरहेकको चाँदी तोलामा रू. ५ घटेर प्रतितोला रू.८८० मा कारोबार भइरहेको छ ।


