माघ २८, कठमाडौं ।
बैंक तथा वित्तिय संस्थमा आवद्ध कर्मचारीहरुको खर्च बढ्दै गईरहेको छ् । हाल नेपालमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राािष्ट्रयस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्तामा मात्र १७ अर्ब ५९ करोड ६० लाख रुपैयाँ सकेका छन् ।
बैंकमा आबद्ध कर्मचारी मध्ये तल्लो स्तरका कर्मचारीले धेरै सास्ती भोग्दै आएका छन् । तल्लो स्तरका कर्मचारीले विहान ९ बजे देखि बेलुका ७ बजे सम्म जम्मा १० देखी १५ हजार रुपैयाँमा काम गरिराखेका छन् । भने उच्च स्तरका कर्मचारी , सिईओले महिनाको लाखौ तलब बुझने गरेका छन । उच्च स्तरका कर्मचारीले बैंक तथा वित्तिय संस्थामा भएको चल–अचल सम्पत्तीको दुरुपयोग गरि खर्च बढाउन थालेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनिले १४ अर्ब पाँच करोड २७ लाख रुपैयाँ कर्मचारीको तलब भत्तामा सकाएका थिय ।
वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पाँच महिनामा कर्मचारीहरुको तलब भत्तामा १५ अर्ब तीन करोड रुपैयाँ सकेका छन । गत आर्थिक वर्षको सोही अवधीमा वाणिज्य बैंकहरुले ११ अर्ब ९६ करोड ३० लाख ७० हजार रुपैयाँ कर्मचारीको तलब भत्तामा सकेको थियो ।
त्यस्तै विकास बैंकहरुले भने चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्तामा दुई अर्ब १३ करोड रुपैयाँ सकेका छन । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ७२ करोड ५९ लाख ४० हजार रुपैयाँ कर्मचारीको तलब भत्तामा सकेको थियो ।
फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा कर्मचारीको तलब भत्ता शिर्षकमा ४३ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २९ करोड ५५ लाख ५० हजार रुपैयाँ कर्मचारीको तलब भत्तामा सकेको थियो ।
देश निर्माणमा बैंक तथा वित्तिय संस्थाले महत्वपुर्ण भुमिका खेल्दै आईरहेका छन् । अहिले बैंक तथा वित्तिय संस्थाको मर्जरमा जाने प्रक्रिया तिब्र रुपमा चलिरहेको छ् । यस्ले गर्दा पनि बैंक तथा वित्तिय संस्थाको खर्च बढने् अनुमान गर्न सकिन्छ् ।


