Banijya News

भक्तपुरको खरीपाटीमा पत्रकारलाई छिर्न दिइएन, पत्रकार महासंघको घोर आपत्ती

1
1.1K Shares

०१ फागुन, २०७६, काठमाण्डौ ।
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको जनाउदै भक्तपुरको खरिपाटीमा राख्ने भएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा राखिने सरकारको निर्णयसँगै स्थानीयको विरोध भइरहेका बेला त्यसको रिर्पो्टिङ र वस्तुस्थितिको बारेमा जानकारी लिन गएका पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको छ । त्यसको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले घोर आपत्ति प्रकट गरेको छ ।

स्थानीयको विरोध


बुधबार महासंघ भक्तपुर शाखाका सचिव कृष्णप्रसाद नेपालले विज्ञप्ति जारी गर्दै यसको घोर विरोध जनाएका हुन् ।

जारी विज्ञप्तिमा उल्लेख भए अनुसार विश्वमा चिन्ताको विषय बनेको नोवेल कोरोना भइरसका बारेमा सहि सूचना समयमै आमनागरिकमा पुर्याउनु पर्ने सबैको कर्तव्य रहेको रत्यसै सिलशिलामा रिर्पो्टिङका लागि पुगेका पत्रकारलाई रोक लगाइनु आपत्ति रहेको बताइएको छ ।

1

Scroll to Top