०५ फागुन, काठमाण्डौ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २२ औँ वार्षिक साधारणसभाको फागुन २४ गते हुने भएको छ् ।
कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २४ गते शनिबार काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्सको सभा हलमा गर्ने साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षका लागि सेयरधनिहरुलाई वितरण गर्ने भनी प्रस्तावित गरिएको लाभांश पारित हुनेछ ।
कम्पनीले फागुन १२ गतेदेखि फागुन २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ् । फागुन ११ गतेभित्र कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।
कम्पनीले सेयरधनिहरुलाई चुक्तापुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७.३७ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।


