फागुन १५, काठमाडौं ।
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको राष्ट्रिय भेला बिहीबारदेखि लुम्बिनीमा सुरु हुनेभएको छ । फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुने छन् ।
भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ। आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुती र छलफल हुनेछ भने तेस्रो तथा अन्तिम दिन शनिवार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिदै नयाँ लुम्बिनी घोषणापत्र तयार गर्दे भेला सकिने छ ।


