Banijya News

जनकपुरमा पनि घरेलु मदिरा सेवनबाट ३ जनाको ज्यान गयो, ५ सिकिस्त

1
1.1K Shares

०१ चैत, काठमाण्डौ ।

जनकपुरको मुसहरी टोलमा  घरेलु मदिरा सेवनबाट ३ जनाको मृत्यु भएको छ। त्यस्तै मदिरा सेवनबाट अन्य ५ भन्दा बढी बिरामी भएका छन्। ती तीन जनाको विषाक्त घरेलु मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो। अहिलेसम्म पाँच जनाभन्दा बढी बिरामी भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार बताइएको छ।

मृत्यु हुनेहरुमा देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन्। मिथिला र झगरुको शनिबार बिहान मृत्यु भएको हो भने देवी सदाको शुक्रबार बेलुका निधन भएको  हो। उनीहरुले बिहीबार र शुक्रबार मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेकाहरु अहिले धमाधम बिरामी हुन थालेका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा घरेलु मदिरा सेवनबाट १२ जनाको ज्यान गएको भोलिपल्ट  यो घटना भएको हो । धनुषामा घरेलु मदिरा सेवनबाट शनिबार बिहानसम्म १२ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ सिकिस्त छन्। यससँगै धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको संख्या १५ पुगेको छ।

1

Scroll to Top