Banijya News

अमेरिकी दूतावासद्वारा भोलिदेखि डिभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट बन्द

1
1.1K Shares

३ चैत, काठमाडौं ।

अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गते (मंगलबार) देखि लागू गरिने जानकारी गराएको छ ।

अमेरिकी दूतावासले जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्ने जनाएको छ । दूतावासको सूचनामा भनिएको छ, ‘यस बखत निश्चित समय तोक्न असमर्थ छौँ । एमआरभी शुल्क जनु मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एकवर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहेछ ।’

कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।

यसका साथै, अति जरुसी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोध समेत गरिएको छ ।

1

Scroll to Top