Banijya News

बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठको उम्मेदवारी

1
1.2K Shares

चैंत ३, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक रहेका श्रेष्ठले आगामी हुने चुनाबको लागि उमेदवार घोषणा गरेका हुन् ।
२०६३ सालमा महासंघको उद्योग समितिका सदस्य भएयता महासंघमा उनले १३ वर्ष विताइसकेका छन् ।
कन्फेक्सनरी, डेरी, स्टील र हुन्डाई गाडीको अधिकृत बिक्रेता रहेको यो समूह दर्जन भन्दा बढी उद्योग र व्यवसायमा आवद्ध छ ।
लक्ष्मी हुन्डाई गाडीको आधिकारिक बिक्रेता समेत बनेको यो समुह स्टील क्षेत्रमा पनि लगानी छ । धुलिखेल, पोखरा, चितवन, धम्पुस र काठमाडौंमा होटल खोल्न जग्गा समेत किनिसकेको छ । सोलुखुम्बु र गोरखामा १२÷१२ मेगावाटको जलविद्युतमा समेत निर्माणको तयारीमा छ ।

1

Scroll to Top