५ चैत, काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई कारण देखाउँदै नेपाली राष्ट्रिय फुटबल टिम र इंग्लयान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । सो खेल अगामी मे २५ मा इंग्ल्याण्डको एल्डरसर्टमा तय गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थगित भएकोे जनाएको हो ।
नेपाली राष्ट्रिय फुटबल टिम र इंग्लयान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेलका लागि गत माघमा एन्फा र इंग्ल्याण्डको फुटबल एसोसिएसन एफएसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्याण्डमा एक खेल खेल्ने र इंग्ल्याण्डको टिमले नेपाल आएर एक खेल खेल्ने तय भएको थियो ।
स्थगित खेल कहिले हुन्छ भन्नेबारे केही नखुलाइएतापनि दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा हुने सम्झौतापत्रमा उल्लेख छ ।


