७ चैत, काठमाडौं ।
प्रसिद्ध गायिका तथा संगीतकार मीरा राणालाई रेडियो कान्तिपुरले सम्मान गर्ने भएको छ । गायिका राणाले हालसम्म करिब १ हजार ६ सय भन्दा बढी गित गाईसकेकी छन् । रेडियो कान्तिपुरले आफ्नो मासिक सांगीतिक कार्यक्रम ‘सलाम जिउदो इतिहासलाई’ मा यसपटक गायिका राणालाई सम्मान गर्न लागेको हो ।
शनिबार पुलचोकस्थित रेडियो कान्तिपुरको स्टुडियोमा सञ्चालन हुने कार्यक्रम मध्यान्न १२ बजे सम्म रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण हुनेछ । उक्त कार्यक्रममा नीसा देसार,बानिका प्रधान ,मेनुका प्रधान,सबिन सुवेदी तथा चिरीमाया महर्जनले गायिका राणाका गीत प्रत्यक्ष गाउने छन् ।
भारतको इलाहावादबाट संगीतमा विशारद गरेकी राणाले २०३५ देखि रेडियो नेपालमा गीत संगीतको सेवा गर्न थालेकी थिईन् । मखमली चोली चाइँदैन, बाडुली लाग्यो, बिर्सिएर मैले फेरि आदि उनका लाकप्रिय गीत हुन् ।
२०२२ सालमा पहिलोपटक रेडियो नेपालमा गएर गीत गाएकी उनले विभिन्न भाषा र करिब दुई दर्जन चलचित्रमा गीत गाउनुको साथै मीराले धेरै सम्मान तथा पुरस्कार पाएकी छन् ।


