Banijya News

माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त

1
1.1K Shares

चैत ११, काठमाडौं ।
माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई चार बर्षको लागि सिइओका ेजिम्मा दिएको हो । हालसम्म बैंकको कामु सिइओको जिम्मेवारीमा रहेका कोइरालाले बैशाख १ गतेदेखि पूर्ण सिइओको जिम्मोवारी सम्हाल्नेछन् ।
उनी बैंक सञ्चालक समितिले फागुन २८ गते तत्कालिन सिइओ सुमन शर्मालाई पत्र थमाउँदै चैत १ गतेबाट कार्यकाल सकिने जानकारी दिएको थियो । फागुन २८ गतेदेखि नै कोइरालाले कामु सिइओको जिम्मेवारी पाएका थिए ।
बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए । सानिमामा भण्डै १० वर्ष काम गरेपछि आफ्नो समुह बनाएर उनी माछापुच्छ्रेमा गएका थिए ।
त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ’एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।

1

Scroll to Top