चैत ११, काभ्रे ।
फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका काभ्रेका दुई जना युवा पनि सम्पर्कमा आएका छन् । चैत ४ गते कतार एयरवेजमार्फत् नेपाल ओर्लिएका दुईजना सम्पर्कमा आएका हुन् । सम्पर्क आएका व्यक्ति बनेपा नपा वडा नं. २ निवासी दाहाल थरका र धुलिखेल–९ काभ्रे भञ्ज्याङका हुमागाईँ थरका हुन् । दुवैजना अस्पतालको सम्पर्कमा आएको र टेकु पुगेर चेक गर्न अस्पतालले सुझाव दिएको छ ।
हाल दुबैलाई सञ्जीवनी माध्यमिक विद्यालयको क्यारेन्टाइनमा राखिएको छ । चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएको थियो । सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेपछि उनीहरु पनि सम्र्कमा आएका हुन् ।


