Banijya News

राष्ट्र बैंकको नयाँ विकल्पः ऋणीले साँवाब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने

1
1.1K Shares

चैंत १६, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई सहुतियतपूर्ण विकल्प दिएको छ । कोरोना भाइसरले अर्थतन्त्र तहस नहस हुने सम्भाबना बढदै गएको समय राष्ट्र बैंकले ऋणीलाई नयाँ विकल्प दिएको हो । नयाँ नियम अनुसार अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ ।
कोरोना संक्रमण फैलनबाट रोक्नको लागि गरेको लकडाउन लगायतका कारण कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले चैत मसान्तमा बुझाउनुपर्ने मासिक र त्रैमासिक किस्ता बुझाउने ऋणीलाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यदी ऋणीले सो किस्ता चैतमा बुझाएमा १० प्रतिशत छुट हुने व्यवस्था गरेको छ ।

1

Scroll to Top