२३ चैत, काठमाण्डौ ।
बलिउडकी चर्चित गायिका कनिका कपूरको छैटौं रिपोर्ट नेगेटिभ आएको छ । तर, उनलाई घर जान अनुमति दिनु भन्दा पहिले पुनः एक पटक अस्पतालले पुनः एक पटक टेष्ट गर्नेछ ।
कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए ।
९ मार्चमा लण्डनबाट फर्किएकी गायिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनको अहिले लखनउको एक अस्पतालमा उपचार भइरहेको छ।
त्यसपछि मार्च २० मा उनलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक भएको थियो । त्यस्तै कनिकालाई कोरोना पोजेटिभ भएको कुरा लुकाएको र लापरबाही गरेको आरोप पनि लागेको थियो ।


