Banijya News

प्रधानमन्त्रीको सम्बोधनः सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेमा नियन्त्रण गर्न तयारी अवस्थामा

1
1.1K Shares

चैत २५, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेमा पूर्ण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको बताएका छन्।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काम र थप तयारीका बारेमा जानकारी दिए। ‘हामी अझै पनि उच्च जोखिममा छँदैछौं’, उनले भने।
उनले मुलुक दुई सातादेखि मुलुक लक डाउनमा रहेको बताउँदै त्यसबाट परिरहेको दुःखप्रति  सहानुभूति व्यक्त गरे। ‘महामारीका विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने हामी सबैलाई थाहा छ’, उनले भने।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिएका छन् । साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

1

Scroll to Top