Banijya News

निवृत्त भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वेच्छिक रुपमा पूर्ववत् काममा फर्काइने

1
1.1K Shares

काठमाडौं, २८ चैत ।
सरकारले कोभिड १९ संक्रमणबिरुद्धको अभियानमा सहयोग गर्न सेवा बाहिर र निवृत्त भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आव्हान गरेको छ । संक्रणको जोखिम अझै नटरेको भन्दै सरकारले स्वेच्छिक रुपमा आवद्ध हुन उनीहरुलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले कोरोना भाइरस विरुद्धको स्वास्थ्य सेवामा जनशक्ति ब्यवस्थापनका लागि यस्तो बताएका हुन् । केही स्थानमा उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको मृत्यु भएपछि अन्य बिरामीको समेत उपचार प्रभावित भएको पाईएकाले अस्पताल र सेवा सञ्चालनका लागि आवश्यक मस्यौदा तयार गर्दै आएको छ ।


मुलुकभर अहिलेसम्म ३ हजार ५ सय २४ जनामा कोभिड १९ को नमुना परिक्षण भएको छ । स्वास्थ्य परिक्षणको दायरा बढाइएपछि बिभिन्न ११ स्थानका प्रयोगशालामा मात्र पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको परीक्षण भएको छ । हाल ८ हजार ६ सय ३० जना क्वारेन्टिनमा छन् भने १ सय २५ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस पोजिटिभ पाइएको ८ जनाको सामान्य अवस्थामा उपचार भैरहेको छ र्।

यापिड डाइग्नोष्टिक टेष्ट अन्तर्गत कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ वटा परिक्षण सबै नेगेटिभ रिपोर्ट आएको देवकोटाले पत्रकार सम्मेलनमा बताए ।

1

Scroll to Top