काठमाडौं, २८ चैत ।
कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा खाद्यान्न कालोबजारी गर्ने पसल कारवाहीमा गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीको शंखमूलस्थित आई कालु मिट सेन्टरलाई कारवाही गरेको हो ।
खुसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेचेका कारण सेन्टरलाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।
चितवन खाद्य स्टोर्सलाई पनि २ लाख
शुक्रबारै कलंकीस्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा सामान बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
न्यू बिके स्टोरलाई ३ लाख
विभागले नागार्जुन नगरपालिका बाफल सीतापाइलास्थित न्यू बिके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बेचेको पाइएपछि तीन लाख रुपैयाँ तिराइएको छ ।


