चैंत २९, काठमाडौं ।
नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले साधारण सेवा तर्फको २६ जना डीआईजीको दरबन्दी मध्ये १४ जना मात्र कायम गरेपछि बढुवाको बाटो खोल्दै नाम सिफरिस गरेको हो ।
डीआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक आईजीपी सदस्य र एक जना एआईजी सदस्य सचिव रहने व्यवस्था छ । सोही प्रबधान अनुसार उनीहरुलाई गएराती गृहमन्त्रालयमा बसेको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेको हो । ४ जना यसअघिनै कार्यरत छन् । १० जना डीआईजीको लागि ३४ जना प्रतिस्पर्धामा थिए ।
त्यसमध्ये गृहमन्त्रालयले एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई डिआइजीको लागि सिफरिस गरेको हो ।


