०१ बैशाख, काठमाण्डौ ।
नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ ।
कैलालीको लम्की चुहा नगरपालिका १ की एक ६० वर्षीया महिलामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । उनी वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी थिइन् ।
वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १७ दिन कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो ।
र्यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको छ ।
सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।


