Banijya News

सनसिटीको संक्रमित परिवारकी बुहारीको दोस्रो परीक्षण नतिजा पनि नेगेटिभ

1
1.1K Shares

वैशाख ३, काठमाडौं । 

पेप्सीकोलास्थित सनसिटीको संक्रमित परिवारकी बुहारीको दोस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्दा महिलाको नतिजा नेगेटिभ आएको जानकारी दिए।

सोमबार कोरोनाको आशंकामा पाटान अस्पतालमा भर्ना भएका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो ।

उनीहरू गत चैत ५ गते बेलायतबाट नेपाल आएका थिए। सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरूमध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि आज सो अपार्टमेन्टमा रहेकाहरूको र्‍यापिड टेस्ट गरिएको थियो।

अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन्। उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो । मंगलबार एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

1

Scroll to Top