बैशाख ६, काठमाडौं ।
सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कोरोना भाइरसको परीक्षण गराएका छन् ।
नेगेटिभ देखिएको छ । सीईओ पौड्यालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ ।
लकडाउन अवधिमा पनि काममा खटिएका सीईओ पौड्याललाई केही आफन्त र साथीमा संक्रमण फैलिएको आशंकामा कोरोना परिक्षण गरिएको थियो ।
लकडाउनमा पनि आफ्नो काममा नियमित लागिरहेका सीईओ पौडेलले आफूले उच्च सुरक्षा सतर्कता अपनाएको बताएका छन् । उनले सबैले सकेसम्म घरभित्रै बस्न र उच्च सुरक्षा सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।


