बैशाख ७, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८० घ’ बोलकबोलबाट विक्रीमा खुल्ला गरेको छ । बैंकलले ३ बर्षको अवधी राखेर उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त उक्त ऋणपत्र बिक्री गरिने छ ।
घटीमा ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने छ ।
अर्धबार्षिक रुपमा व्याज दिने ऋणपत्रको सावा भुक्तानी भने २०८० बैशाख ८ गते रहेको छ । बोलवालाको रुपमा सहभागी हुन यस पत्रमा रकमको ८५ र १५ प्रतिशत अर्थात् रू. २९ अर्व ७५ करोड र रु. ५ अर्व २५ करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
बोलवालामा छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बताइएको छ ।


