Banijya News

निगमद्धारा एकैपटक ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

1
1.1K Shares

बैशाख ७, काठमाडौं ।
नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो ।


५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै निगमले अनुमती खारेजी गरेको हो ।
निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएकोले ती तिन बाहेक सबैको दर्ता खारेजी गरेको हो ।


निगमले सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङबाहेक २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र पाएका सबै उद्योगको दर्ता खारेज गरेको हो ।

1

Scroll to Top