नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा तोकिएको छ । आजको बिक्रीदर १२२ रुपैया ५३ पैसा तोकिएको छ ।
आज यूरो, पाउण्ड र बहराइन दिनारसहित केही देशको विनिमयदर बढेको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रीदर १ सय ५३ रुपैयाँ २९ पैसा तोकिएको छ ।
एक बहराईन दिनारको खरिददर ३ सय २३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २४ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९३ रुपैयाँ ५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४२ पैसा तोकिएको छ । त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ ।


