Banijya News

राष्ट्र बैंकले माग्यो ५ करोड भन्दा बढी ऋण लिनेको विवरण

1
1.1K Shares

बैशाख ०९, काठमाडौं –
नेपाल राष्ट्र बैंकले वित्तीय सस्थासित ५ करोड भन्दा बढी ऋण लिने ऋणीको विवरण माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी संग ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेको हो । उक्त तीन वर्गका वित्तीय संस्थाहरूले जेठ १५ गतेसम्ममा विवरण उपलब्ध गराउनुपर्नेछ ।


यसअघि केन्द्रीय बैंकले लकडाउनपछि अवरुद्ध भएको ‘रिपोर्टिङ’ पहिलेजस्तै हरेक दिन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार वित्तीय सस्थाले राष्ट्र बैंकलाई ‘रिपोर्टिङ’ गर्दे आएका छन् । यही विचमा ५ करोड भन्दा बढी ऋण लिने ऋणीको विवरण माग गर्नुको कारण भने विश्वव्यापी रूपमा फैलिएको (कोभिड–१९) को प्रभाव मूल्याङ्कन र अध्ययनसमेतको लागि विवरण मागिएको हुन सक्ने अनुमान गरिएको छ ।

1

Scroll to Top