बैशाख १०, काठमाण्डौ –
अमेरिकी डलरको भाउ बढेको छ । केन्द्रीय बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकेको छ । कोरोनाका कारण लगानीका अन्य क्षेत्र शिथिल बन्दा लगानीकर्ता फेरि डलरमा आकर्षित हुँदा डलरको भाउ बढेको हो ।
विश्वको अर्थतन्त्र नै संकुचन हुँदैछ । लगानीका अन्य क्षेत्र साँघुरिएका छन् । विश्वका प्रमुख सेयर बजारहरुमा गिरावट आएको छ । अन्र्तराष्ट्रिय बजारमा तेलको माग ह्वात्तै घटेको छ । जसका कारण उत्पादन कटौतीका निर्णय भएका छन् । यसर्थ, तेलमा पनि लगानीकर्ताको आकर्षण कम छ ।
यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुदा डलरको भाउ अकासिएको हो । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो । डलर चुलिंदा नेपालले यतिखेर फाइदा ठाउँ छैन् ।
यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा तोकेको छ ।
त्यस्तै, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ । यता, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकेको छ ।
आजको विनिमय दर यस्तो छःः —


