Banijya News

व्यवसाय बन्द भएकाले कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने निजी क्षेत्रले माग

1
1.1K Shares

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यवसाय बन्द भएकाले कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने निजी क्षेत्रले माग गरेका छन् । कोभिड–१९ का कारण निजी क्षेत्रले भोग्नु परेको समस्याको बारेमा जानकारी दिन मुख्य सचिव भेट्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए ।

निजी क्षेत्रका प्रतिनिधिहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटेर उद्योग बन्द रहेको अवधिका लागि ५० प्रतिशत ज्याला भुक्तानी गर्न सक्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदान मार्फत दिनुपर्ने माग गरेका हुन् । कोरोनाका कारण आर्थिक मन्दीको अवस्था उत्पन्न हुन नदिन सरकारले बैंकहरुमा तरलता अभाव हुन दिन नहुने र व्याजदरलाई ५ प्रतिशत भन्दा कम राख्नुपर्ने सुझाव उनीहरुको छ ।

जवाफमा मुख्य सचिव रेग्मीले अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रको चासोलाई सरकारले गम्भीर रुपमा लिएको बताएका थिए ।

1

Scroll to Top