बैशाख, १५ झापा ।
कोरोना कहरकै बीचमा छोरा श्याम सिटौलाको विवाह गरेका नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौलाले छोराको विवाहमा हुने खर्च स्थानिय सरकारको कोरोना राहत कोषलाई दिएका छन् ।
३ महिना अघी तय भएको विवाह निर्धारित समयम वैशाख १४ अर्थात अक्षय तीतृयका दिन भएपनि कोरोना संक्रमणका कारण विवाहमा ५ जना मात्र जन्ती लगिएको थियो ।
छोराको विवाहको लागि झापा पुगेका सिटौलाले स्थानिय एक बन्द पसलबाट बुहारी मनिषा विमलीका लागि विवाहमा लगाउन एक जोर कपडा किनेर ल्याउँन लगाएका थिए । सोही कपडा र केही विवाह सम्बन्धी पूmलपातिका समान सहित पुगेको सिटौला परिवारले छरछिमेकलाई समेत आधिकारिक रुपमा थाहा नदिई छोरा श्यामको विवाह सम्पन्न गरेको हो ।
हातमा सेनिटाइजरको प्रयोग गरेर माक्स सहित जग्गेमा बसेको सिटौला परिवारले विवाहसम्पन्न भएपछि आफन्तलाई खुवाउने विहे भोजको रकम भने स्थानिय सरकारको कोरोना राहत कोषलाई वितरण गरेको श्यामले बताए । उनले समय सहज नभएकोले गर्दा विवाह भोजका लागि छुट्याएको खर्च स्थानिय सरकारको कोरोना राहत कोषमा दिने निर्णय गरेको बताए ।
श्यामका अनुसार विवाहको भोलिपल्ट सिटौला परिवारले भद्रपुर नगरपालिका, कचनकवल, हल्दिवारी र बाह्रदशी गाउँपालिकालाई १ लाखका दरले रहम हस्तान्तरण गरिएको हो । त्यस्तै आफ्नो घर रहेको भद्रपुरको १० नम्वर वडा र आफ्नो खेती किसानी रहेको विर्तामोडको १० नम्वर वडालाई ५०÷५० हजारका दरले जम्मा ५ लाख रकम स्थानिय सरकारको कोरोना राहत कोषलाई हस्तान्तरण गरेको हो । विवाहको खर्च कटाएर राहत कोषलाई रकम हस्तान्तरण गरेपछि यतिखेर झापामा श्यामको विवाह चर्चामा छ ।


