प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। पार्टीभित्र देखिएको गतिरोधबारे छलफल गर्न भेटवार्ता भएको हो ।
सचिवालयको बैठक बोलाउनेबारे छलफल गर्न ओलीले बोलाएपछि खुमलटार निवासमा रहेका प्रचण्ड भेटका लागि बालुवाटार पुगेका हुन् । दुई नेताबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ ।
सोमबार ओली समूह र वरिष्ठ नेता नेपाल समूहबीच कोटेश्वरको वन पैदावार व्यवसायी महासंघको कार्यालयमा झण्डै ४ घण्टा वार्ता भएको थियो । उनीहरूबीच मङ्लबार सचिवालय बोलाएर स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको थियो ।
यसअघि मंगलबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म बस्ने नबस्ने अन्यौल कायमै छ ।


