Banijya News

भर्खरै कोरोनालाई जितेका बेलायती प्रधानमन्त्रीलाई पुत्र लाभ

1
1.0K Shares

बैंशाख, १७ काठमाण्डौ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ। उनि भर्खरै मात्र कोरोना भाईरसलाई जितेर नियमित काममा फर्केका थिए ।

बुधबार बिहान जोनसन र उनकी प्रेमिका क्यारी साइमोन्डसले विज्ञप्ति जारी गर्दै लन्डन अस्पतालमा पुत्रलाभ भएको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीका प्रवक्ताले क्यारी र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको बताएकी थिइन्।

प्रधानमन्त्री जोनसनका पूर्व दुई पत्नीबाट चार सन्तान छन्। कोरोना भाइरसको संक्रमणको उपचारपछि आराम गरिरहेका  जोनसन प्रेमिकालाई पनि कोरोनाको संक्रमण देखिएको थियो।


1

Scroll to Top