Banijya News

क्यान्सरका कारण भारतीय अभिनेता ऋषि कपूरको निधन

1
1.0K Shares

एजेन्सी – चर्चित बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्याले ग्रसित भएका उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । त्यस यता दुई पटक अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

ऋषि कपुर अभिनेता राज कपुरका छोरा हुन् । ऋषिले सन् १९७३ बाट चलचित्र यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र ‘बाँबी’ हो । यसका साथै उनलाई ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ मा पनि उनले अभिनय गरेका थिए । 

उनले अभिनय गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले नेसनल अवार्ड जितेको थियो । यसमा उनी बाल कलाकारका रुपमा थिए भने उनका बुवा राज कपुर मुख्य भूमिकामा थिए । 

सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ वटा चलचित्र बउलउड बक्स अफिसमा हिट भएका थिए । चलचित्र करिअरमा उनले ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । 

‘दुई दुनी चार’ बाट उनले ‘फल्म फेयर क्रिटिक्स फर बेस्ट एक्टर’ अवार्ड हात पारेका थिए । 

कपूरको निधनमा अभिनेता अमिताभ बच्चनले आफू विछिप्त भएको ट्विट गरेका छन् । ‘उनी गए… ऋषि कपूर गए… उनको निधन भयो… म विछिप्त भएको छु’, उनले लेखेका छन्।

1

Scroll to Top