Banijya News

बढी मूल्य लिने कालिमाटीका दुई पसललाई पाँच लाख रुपैया जरिवाना

1
1.0K Shares

बैशाख २६, काठमाडौं ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटिका दुई किराना पसललाई कारवाही गरेको छ । भ्याट बिल नदिएको र बजार मुल्य भन्दा महंगोमा सामान बेचेको पाइएपछि विभागले कारबाही गरेको हो ।
दोहोरो मुल्य कायम गरी उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौंका कालिमाटीको श्रेष्ठ किराना सेन्टरलाई दुई लाख जरिवाना र समर किराना सेन्टरलाई ३ लाख जरी दुबै पसललाई गरेर पाँच लाख रुपैया जरिबाना तिराएको हो ।
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले ती पसलले दोहोरो मूल्य कायम गरी उपभोक्तालाई ठगी गरेकोले कारवाही गरिएको बताए ।

1

Scroll to Top