बैंशाख ३०, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले १ साताअगाडि दिएको निर्देशन सच्याउन बैंकहरूले दबाब दिन थालेका छन् । सबै व्यवसायीलाई कर्जाको ब्याजमा २ प्रतिशत छुट दिन नसक्ने भन्दै असन्तुष्टि पोख्दै आएका बैंकरहरूले मंगलबार अर्थ समितिको बैठकमै सच्याउन माग गरेका हुन् ।
राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंकले सबै प्रकारका ऋणीहरूलाई २ प्रतिशतका दरले ब्याज छुट दिनुपर्ने व्यवस्था गरेको छ । जुन अहिलेसम्म कुनै पनि बैंकहरूले लागू गरिसकेका छैनन् ।
सबै प्रकारका ऋणीहरूलाई २ प्रतिशतको छुट दिँदा बैंक कमजोर बन्न सक्ने भन्दै ऋणीको वर्गीकरण गर्न माग गरेका हुन् ।
मंगलबार अर्थसमितिमा ३ प्रकारमा ऋणीको विभाजन गर्ने प्रस्ताव राखेका हुन् । हरियो, पहेँलो र रातो गरी ३ श्रेणीमा छुट्याएर छुट दिने प्रस्ताव गरेका हुन् । हरियोमा कोरोनाको प्रभाव नपारेको, पहेँले आंशिक प्रभाव पारेको र रातोमा धेरै प्रभाव परेको बर्गमा बर्गिकरण गर्न भनेको हो ।
उता राष्ट्र बैंक निर्देशन ब्याजदर छुट निर्देशन दिएपनि प्रभावित हो होइन हेरेन निर्कोल गर्ने जिम्मा बैंकलाई नै दिएको छ ।


