Banijya News

भक्तपुरकी संक्रमित ‘हेल्थ केयर स्टाफ’ सुनसरीबाट मोटरसाईकलमा आएको खुल्यो

1
1.1K Shares

भक्तपुरमा देखिएका दुई जना कोभिड–१९ संक्रमितमध्ये २५ वर्षीया महिला सुनसरीबाट मोटरसाइकमा आएको खुलेको छ । बैशाख २९ गते मोटरसाइकलमा आएकी महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
ती महिलालाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ । उनी सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकामा साथीसंग बसेको पाइएकाले साथीलाई समेत निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ ।

त्यस्तै, भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष चांगुनारायण दुवाकोटको रहेको खुलेको छ । तर, उनमा कसरी संक्रमण सर्यो भन्ने प्रष्ट नभएको छैन । गाउँलेका अनुसार उनी लकडाउनमा गाउँमै थिए ।
दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको र थप विवरण आउन बांकी रहेको उहाँले जानकारी दिनुभयो । हिजो भक्तपुरका दुई र काठमाडौंमा एक जना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला छन्।

तीमध्ये काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की छन् जो यही वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो। उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन्।

1

Scroll to Top