Banijya News

भक्तपुरमा कोरोना संक्रमित ब्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ थाले

1
1.1K Shares


भक्तपुरमा भेटिएका कोरोना संक्रमित तीनै जनाको यात्रा विवरण र सम्पर्क भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ थालेको प्रहरीले विशेष निगारानी गरेको छ । प्रहरीले उपत्यका छिर्ने नाकामा सवारी र सर्वसाधारणको आवागमनमा समेत कडाइ गरेको हो ।

भक्तपुरका २५ बर्षकी एक महिला र २७ बर्षको अर्का पुरुष तथा काठमाडांैकी ३३ बषिर्या महिलामा संक्रमण पुष्टि भएपछि उनीहरुको संगत र सम्पर्कमा भएकाहरु खोजीलाई तीव्रता दिएको हो ।
संक्रमितबाट थप व्यक्तिमा फैलिन सक्ने जोखिम बढेको छ । त्यसैले प्रहरीले उनीहरुको आवतजावत र सम्पर्क गरेका व्यक्तिहरुको विवरण संकलन शुरु गरेको हो । २५ बषिर्या संक्रमित महिला बैशाख २९ गते सुनसरीवाट मोटरसाइकलमा भक्तपुर आएकी उनी मध्यपुर थिमीस्थित शंखधर चोकमा साथीको कोठामा बसेको पाइएको छ । ललितपुरको निदान अस्पतालकी नर्स उनी भक्तपुर आएपछि शंका लागेर स्वाव परीक्षणका लागि कोठाबाट सिधै टेकु अस्पताल पुगेकी थिइन् ।

परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि उनी बसेको क्षेत्रलाई शिल गरि उनका साथीलाई भक्तपुर अस्पतालको आइसोलेसनमा राखेर स्वाव परीक्षण गरिएको छ ।
त्यस्तै भक्तपुरको दुवाकोटमा बस्ने २७ बषिर्य पुरुष भने पूर्वगृह तथा रक्षामन्त्री भिम रावलको सुरक्षा खटिएका शसस्त्र प्रहरीका जवानसँग भएको सम्पर्क समेत खोजी भैरहेको छ ।
उनी एक महिनादेखि विदामा रहेकाले विदाको समय कसकसलाई भेटे भनेर प्रहरी र स्थानीय प्रशासनले खोजी गरिरहेका छन् ।
उपत्यकाभित्र नयाा संक्रमित देखिएपछि स्थानीय बासिन्दामा भने त्रास बढेको छ । संक्रमण पुष्टि भएकी काठमाडौंकी ३३ बषिर्या महिलाको भने चन्द्रागिरी नगरपालिकामा बसोवास रहेको पाइएको छ । संक्रमित तीनै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा उपचार भैरहेको छ ।

1

Scroll to Top