Banijya News

कोरोनाबाट मृत्यु भएपछि दाहसंस्कार कसरी गरिन्छ ? यस्तो छ कानूनी ब्यवस्था

1
1.1K Shares

नेपालमा पहिलोपल्ट कोरोनाबाट धुलिखेल अस्पतालमा एक सुत्केरको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । नेपालमा कोरोनाले मृत्यु भएसँगै अव कोरोनाबाट मृत्यु हुनेको दाहसंस्कार कसरी हुन्छ सबैको चासोको बिषय भएको छ ।


कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधिमा तयार भएको छ । शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरेपनि सावधानी अपनाउने भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पर्ने कार्यविधिमा उल्लेख छ ।


कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नैपरे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने छ । र यस्को लागि सम्पूर्ण कार्य तलिम प्राप्त स्वास्थ्यकर्मी वा कुनै सहायकले गर्न सक्ने छन् ।

कार्यबिधिले मृतकको जथाभावी सदगतलाई निषेध गरिएको छ । शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ । यसरी लैजाने क्रममा शवलाई सकेसम्म कम मात्र चलाउँनेपर्छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।


कार्यविधिमा मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट पालो गरेर एक ब्याक्तीले एकपल्टमात्र हेर्न दिन सकिने छ । ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्ने कार्यविधिले भनेको छ । यदी परम्परा धान्नको लागि सदगत गर्नुपूर्व आफ्नो कुल र परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।

1

Scroll to Top