Banijya News

लकडाउन जेठ २० गतेसम्म, थप कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

1
1.1K Shares

सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ। आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले यसअघि विभिन्न चरणमा पाँच पटक लकडाउन थप गर्दै निरन्तरता दिइरहेको छ। चैत ११ गतेदेखि निरन्तर रुपमा लकडाउन गर्दै आएको छ।

अघिल्लो पटक लकडाउन थपसँगै केही मोडालिटी परिवर्तन भएको थियो। तर, संक्रमण बढेसँगै थप कडाइ गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार सीमा नाकाको कडाइ यथावत रहनेछ। उपत्यका भित्रनेलाई पनि कडाइ गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सबै प्रकारका जारी पास रद्द समेत गरिसकेको छ। अत्यावश्यक सेवा र नियामक निकायले आवश्यकताका आधारमा पास वितरण गर्नेगरि निर्णय भएको छ।

1

Scroll to Top