Banijya News

माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार अमेरिकी डलरमा बिक्री

1
1.1K Shares

काठमाडौं, ४ जेठ ।

बास्केटबल खेलाडी माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार अमेरिकी डलरमा बिक्री भएको छ । जोर्डनले सन् १९८५ को रुकी सिजनमा सिकागो बुलसका लागि खेल्दा लगाएको नाइकी जुत्ता किर्तिमानी मूल्यमा लिलामी भएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको भन्दा तेब्बर मूल्यमा विक्रि भएको हो।

दी नाइकी एअर जोर्डन १ एस नामक उक्त जुत्तामा जोर्डनको हस्ताक्षरसमेत छ ।

यसअघि उनले लगाएको नाइककै मुन जुत्ता ४ लाख ३७ हजार ५ सयमा विक्रि भएको थियो।

1

Scroll to Top