Banijya News

सरकारको नीति तथा कार्यक्रम भारी मतले पारित

1
1.1K Shares


सरकारले आर्थिक वर्ष २०७७।२०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्यले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि पाँच जनाले संशोधन प्रस्ताव राखेका थिए । दुर्गा पौडेल, मिनेन्द्रप्रसाद रिजाल, सरिता गिरि, प्रेम सुवाल र लक्ष्मणलाल कर्णले संशोधन फिर्ता नलिएपछि बहुमतले अस्वीकृत गरेको थियो । संशोधनको प्रस्ताब राख्ने सभासदले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोभिड-१९ को असर कम गर्ने कुनै पनि कार्यक्रम नपरेको भन्दै विपक्षी दलहरुले विरोध गरेका थिए । कतिपय सत्तापक्षीय सांसदहरुले समेत सरकारी कार्यक्रमको विरोध गरेका थिए । सभामुख अग्नि सापकोटाले जेठ २ गते संसदमा पेस भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रम पास भएसँगै अर्थमन्त्रालयले आउँदो आर्थिक बर्षका लागि बजेट प्रस्तुतीको तयारी गरिएको छ ।

1

Scroll to Top