Banijya News

आज थप ३० जनामा कोरोना संक्रमण, नेपालमा ४ सय ८७ जनामा कोरोना पुष्टि

1
1.1K Shares

नेपालमा आज थप तीस जनामा कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टी भएका मध्ये सर्लाहीमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सर्लाही गोडैता नगरपालिकाका वडा नम्बर ८, ९, ११, १३ र १४ तथा सर्लाहीकै रामनगर बहुअर्वा गाउँपालिका ७ का ३८ वर्षका तीन जना, २२ वर्षका दुई जना, २५ वर्षका दुई जना, ३४ वर्षका दुई जना तथा २४, २७, ३२, ३५ र ३९ वर्षका एक–एक जना पुरुष र १८ वर्षकी युवती गरि १० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ( ६ केसरबाध चितवनका ७४ वर्षीय पुरुष, ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका ( ५ र रामग्राम नगरपालिका ( ३ का १८, ३३, ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा ४ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top