Banijya News

अर्घाखाँचीमा पहिलो पल्ट कारोना संक्रमण देखियो , ७ जना थपिदा पुगे संक्रमित ६ सय ८९

1
1.0K Shares

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । पोजेटिभ देखिएकामा दुई जना अर्घाखाँचीका छन्, यो जिल्लामा पहिलो पल्टक कारोना देखिएको हो । प्रयोगशालाले सार्वजनिक गरेको सूचना अनुसार गुल्मी, कपिलवस्तु २ र २ र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । सोमबारको पछिल्लो विवरणसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ८९ पुगेको छ । नेपालमा संक्रमित भएका मध्ये १ सय ४५ संक्रमित उपचारपछि निको भएर घर फिर्किका छन । आजै मात्र वीरगञ्जस्थित नारायणी अस्पतालबाट  एकै परिवारका १८ जना घर फर्किएका छन् । कोरोना संक्रमणबाट जम्मा ४ जनाले ज्यान गुमाएका छन् ।

1

Scroll to Top