लगातार तेस्रो दिन आज पनि यस सय माथिका संक्रमित देखिएका छन् । आजै मात्र १ सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार पार भएको थियो । हिजो साँझ ८ः०८ बजे स्वास्थ्य मन्त्रालयले गरेको गरेको अपडेट अनुसार १ हजार ४२ जना संक्रमित थिए । दुई दिन अघि १ सय ४ जना संक्रमित भेटिएका थिए ।
मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २४ जना कचनाकवल गाउँपालिकाका छन् । र १८ देखि ४१ वर्ष उमेरका छन् । कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् ।
पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो भने बाराको पीपरपाती माविमा रहेका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा ५ संक्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । पाटन अस्पतालमा रहेका सर्लाहीका ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सप्तरीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । दाङको गढवाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष हुन् ।
संक्रमित हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो । यस्तै कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् । टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् ।
यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । दाङमा गरिएको परीक्षणमा कपिलवस्तु विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५२ वर्षका छन् । भरतपुर, चितवनमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यस्तै बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डुडुवाका उनीहरु १७ देखि ४१ वर्ष उमेरका पुरुष छन् । रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमूना परीक्षण गरिएको छ।
क्वारेन्टिनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टिनमा बस्नेहरुको संख्या छ। देशभरीका विभिन्न क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टिनमा रहेका छन्। अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।


