Banijya News

पर्वतमा पहिलोपल्ट कोरोना संक्रमण, गण्डकी प्रदेशमामा संक्रमित पुगे ३७

1
1.0K Shares

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमितमा स्याङ्जाका पाँच जना र पर्वत पाँच जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुषमा संक्रमण भेटिएको हो । यो सँगै पर्वतमा पहिलो पटक संक्रमण देखिएको छ ।


त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

1

Scroll to Top