Banijya News

कोरोनामुक्त भए बैतडीका पहिलो कोरोना संक्रमित

1
1.0K Shares

गएको जेठ ९ गते कोरोना पुष्टि भएका बैतडी जिल्लाका पहिलो संक्रमित युवकको दोश्रो रिपोर्ट नेगेटिभ आएसँगै कोरोनामुक्त भएका छन् । बैतडी, शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेका हुन् ।

मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।  बैतडीको आइसोलेसन कक्षमा उपचाररत ती युवकलाई आजै  बुधबार नै डिस्चार्ज   गरिएको छ । 

गत वैशाख १५ गतेदेखि किशोरी मृत्यु प्रकरणको कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो ।  प्रहरी हिरासतमै रहेका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए ।

ती युवकले कोरोना जिते पनि आजै कारागार चलान गरिएको छ ।  कोरोना जितेपनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुर्पक्षका लागि कारगार चलान गर्न आदेश दिइसकेकाकोले कारागार चलान गरिएको हो ।

1

Scroll to Top